जनता आधारभूत विद्यालयलाई लुम्बिनी बिकास बैंकको सहयोग



Artha Dabali

काठमाडौँ / लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री जनता आधारभूत विद्यालय, लालबन्दि ११, सर्लाही हिरापुरमा सञ्चालित विद्यालयलाई आर्थिक सहयोग हस्तानतरण गरेको छ । 

बैकले सहयोग स्वरुप रु. ५० हजार नगद सहयोग विद्यालयलाई हस्तान्तरण गरेको हो । 

बैंकका मधेश प्रदेश प्रमुख मोहन राज गिरीले विद्यालयका प्रधानाध्यापक शत्रुधन महतो लाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

मोहन राज गिरीले  जनता आधारभुत विद्यालयमा सुबिधा सम्पन्न शौचालय निर्माणमा सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । 

लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै श्री जनता आधारभुत विद्यालयका प्रधानाध्यापक शत्रुधन महतोले यस विद्यालयमा रहेका विद्यार्थीहरुको लागी शौचालय निर्माणमा खर्च गरिने बताए । 

Read More
  • Sunrise Bank