चैत १४, कठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा जीबन विकास लघुवित्तको धितोपत्रको सर्वाधिक किनबेच भएको छ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २२२ ओटा धितोपत्र मध्ये उक्त कम्पनीको सर्वाधिक शेयर किनबेच भएको हो। उक्त कम्पनीको रू. १७ करोड ६७ लाख बराबरको शेयर किनबेच भएको हो ।कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ४१० मा कारोबार भइरहेको छ ।
७० प्रतिशत बोनस शेयरको समायोजनपछि कम्पनीको शेयरमूल्य रू. ५ हजार १०० बाट रू. ३ हजारमा आएसँगै खरीदकर्ताको आकर्षण परेको हो ।