सिन्धुपाल्चोक / नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपालिकाको आयोजना तथा नेपाल बैक चौतारा शाखाकोे सहकार्यमा चैत ११ गते शुक्रबार सो कार्यक्रम सञ्चालन गरेको हो ।
कृष्ण रत्नगङ्गा मा.वि.चौतारामा चौतारा साँगाचोकगढि नगरपालिकाका वडा नं.५ का वडा अध्यक्ष नरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री बिशाल खड्काले पानसमा बत्ती बालेर गरेका थिए ।
बिशिष्ट अतिथिको रूपमा चौतारा साँगाचोकगढि नगरपालिकाका प्रमुख अमानसिं तामाङ् र नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का रहेका थिए ।








