नेपाल बैंकको नयाँ शाखा मध्यबिन्दु चोरमारामा, शाखा संख्या २१३ पुग्यो


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको नयाँ शाखा मध्यबिन्दु चोरमारामा, शाखा संख्या २१३ पुग्यो

काठमाडौँ / नेपाल बैंक लिमिटेडको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)स्थित मध्यविन्दु नगरपालिका वडा नंं ७ चोरमारा बजारमा आफ्नो २१३औं शाखा सञ्चालनमा आएको छ ।

नेपाल सरकारका अर्थ सचिव एवं नेपाल बैंक सञ्चालक समितिका पूर्व अध्यक्ष मधुकुमार मरासिनी तथा मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले संयुक्त रूपमा चोरमारा शाखा (३१८)को औपचारिक उद्घाटन गरेका हुन् ।  

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका अर्थ सचिव एवं नेपाल बैंक सञ्चालक समितिका पूर्व अध्यक्ष मरासिनी तथा बिशेष अतिथिहरू मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख राना र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा अन्य विशिष्ठ अतिथिहरू मध्यविन्दु नगरपालिकाका नगर उप–प्रमुख ओमकुमारी महतो, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ बराल, नेपाल बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय प्रमुख प्रतिमा श्रेष्ठ, मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल, आन्तरिक राजस्व कार्यालयका प्रमुख टेकबहादुर अर्याल साथै अतिथीको रूपमा मध्यविन्दु नगरपालिकाको वडा नं. ७, ८, १५ का वडाअध्यक्षहरू, स्थानीय बिद्यालयका प्रधानाध्यापकहरू बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धकहरू, एवं समाजसेवी, बुद्धिजिवीहरूको उत्साहजनक उपस्थिति थियो । 

Read More
  • EBL Ad news