जीवन विकास लघुवित्त र नेपाल दूरसञ्चारको लाभांश सुरक्षित गर्ने अन्तिम आज अन्तिम दिन


  • kbl Ad
  • Nabil Ad
  • CITY EXPRESS
जीवन विकास लघुवित्त र नेपाल दूरसञ्चारको लाभांश सुरक्षित गर्ने अन्तिम आज अन्तिम दिन

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था र नेपाल दूरसञ्चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन  बिहीवार (आज) रहेको छ । जीवन विकास लघुवित्तले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि चैत १२ देखि २५ गतेसम्म र नेपाल दुरसञ्चार कम्पनीले चैत ११ देखि २३ गतेसम्म बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले यी दुबै कम्पनीको साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

नेपाल दुरसञ्चार कम्पनीले गत आवसम्मको मुनाफाबाट शेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २४ गते साधारणसभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल काठमाडौंमा दिनको ११ बजे गर्ने जानकारी दिइएको छ । 

Read More
  • EBL
  • NMB