काठमाडौं : नेपाल फाइनान्स कम्पनीले ७०% हकप्रद बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । हाल फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ । हकप्रदपछि यसको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ ।