प्राइम कमर्सियल बैंकले साढे २ अर्ब बराबरको ऋणपत्र चैत १६ गतेदेखि निष्काशन गर्ने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्राइम कमर्सियल बैंकले साढे २ अर्ब बराबरको ऋणपत्र चैत १६ गतेदेखि  निष्काशन गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । सो ऋणपत्रको अवधि १० वर्षको रहनेछ ।

बैंकले प्राइम डिभेन्चर, २०८८’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिकित्ता  १ हजार रुपैयाँ अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । 

कुल कित्ता मध्ये १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

Read More
  • MBL