काठमाडौं : ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत काठमाडौं बसन्तपुर स्थित नव आदर्श माविका विद्यार्थीका लागि पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलिपराज बरालले विद्यार्थीलाई सो सामग्री हस्तान्तरण गरे। बैंकका मार्केटिङ विभाग प्रमुख बसन्त दाहाल, न्युरोड शाखा प्रबन्धक जितबहादुर गुरुङ र विद्यालय विद्यालय व्यवस्थापन समिति सदस्य विष्णु राज श्रेष्ठलगायतको उपस्थिति थियो। नव आदर्शले सीमान्तकृत र आर्थिक अवस्था कमजोर भएका ३ सय विद्यार्थीलाई न्यूनतम शुल्कमा अध्यापन गराइरहेको छ।