नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ। गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो।
गत फागुनमा सो बैंकको निक्षेप २१.६७ प्रतिशतले र कर्जा विस्तार ३०.३५ प्रतिशतले वृद्धि भएको छ। २७ वाणिज्य बैंकमध्ये १७ वटा वाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ। वाणिज्य बैंकहरूको औसत निक्षेप वृद्धि दर ५ प्रतिशत रहेको छ।
त्यसैगरी २७ वटै वाणिज्य बैंकको कर्जा विस्तारमा वृद्धि भएको छ। औसतमा वाणिज्य बैंकहरूको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ। अहिले वाणिज्य बैंकहरूसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रूपैयाँ पुगेको छ भने कुल ऋण ४१ खर्ब ७२ अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै वाणिज्य बैंकहरूको निक्षेप २२ अर्ब रूपैयाँले बढेको छ भने कर्जा प्रवाह १७ अर्ब रूपैयाँले विस्तार भएको छ।







