काठमाडौं : नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच एक सम्झौता भएको छ। सम्झौताअनुसार पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एवं विद्यार्थीलाई सहुलियतपूर्ण बैंकिङ सेवा प्राप्त गर्नेछन्।
विश्वविद्यालयका रजिस्टार डा. दीपकबहादुर भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले सम्झौतामा हस्ताक्षर गरे। विश्वविद्यालयमा कार्यरत प्राध्यापक\शिक्षक\कर्मचारीको सम्पूर्ण तलबी खाता बैंकमा सञ्चालन हुनेछ। बैंकले सो तलबी बचत निक्षेपमा उच्चतम ब्याजदर प्रदान गर्नेछ। ती निक्षेपकर्तालाई भिसा डेबिट कार्ड निःशुल्क उपलब्ध गराउने, मोबाइल बैंकिङ\इन्टरनेट बैंकिङ रजिष्ट्रेसन निःशुल्क उपलब्ध गराउने, लकर भाडामा २५ प्रतिशत छुट प्रदान गर्ने, कर्जाको सेवा शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने सहमति भएको छ। ...






_20220306024652.jpg)

