नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता, प्राध्यापकदेखि कर्मचारीसम्मले यस्ता सुविधा पाउने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता, प्राध्यापकदेखि कर्मचारीसम्मले यस्ता सुविधा पाउने

काठमाडौँ / नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच एक सम्झौता भएको छ । फागुन १९ गते पोखराको लेकसाइडमा पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एबम् विद्यार्थीहरूलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंक र विश्वविद्यालयबचि उक्त सम्झौता भएको हो । 

विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक/ शिक्षक/कर्मचारीहरू सम्पूर्णको तलबी खाताहरूमा बैंकले बचत निक्षेपहरूको उच्चतम् ब्याजदर प्रदान गरी भिसा डेबिट कार्ड (एटिएम) निःशुल्क उपलब्ध गराइने, मोवाइल बैंकिङ/इन्टरनेट बैंकिङ रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराउने, बैंकको लकर भाडामा २५ प्रतिशत छुट प्रदान गरिने, जुनसुकै प्रकारको कर्जा लिदा सेवा शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने विषयमा उक्त सम्झौता गरिएको बैंकले जनाएको छ । 

Read More
  • EBL Ad news