काठमाडौं । राष्ट्र बैंकको सञ्चालनमा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियामा चलखेल भएको छ । संस्थाका डेपुटी प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवाललाई सीईओ बनाउन उनलाई नै लक्षित गरी विज्ञापन गरिएको हो ।
अहिले सो लघुवित्तको सीईओका लागि दोस्रोपटक प्रस्ताव आह्वान गरिएको छ । पहिलोपटक प्रस्ताव आह्वान गर्दा अनुभवी व्यक्तिले उम्मेदवारी दिन नपाएको भन्दै उजुरी गरेपछि दोस्रोपटक पुनः प्रस्ताव आह्वान गरिएको थियो ।
अहिले सीईओका लागि ८ जनाको आवेदन परेको छ । त्यसमध्ये डेपुटी सीईओ कटुवाल पनि एक हुन् । उनी अहिले संस्थाको कम्पनी सचिवको रुपमा सञ्चालक समितिमा प्रतिनिधित्व समेत गर्ने गरेका छन् ।