नेपाल बैंकको निक्षेप सङ्कलन र कर्जा विस्तारमा उच्च बृद्धि, कति बढ्यो ?


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको निक्षेप सङ्कलन र कर्जा विस्तारमा उच्च बृद्धि, कति बढ्यो ?

काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्धि गरेको छ । गत माघ महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरूमध्ये निक्षेप सङ्कलन बृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ । यसैगरी कर्जा विस्तारमा बृद्धिको आधारमा भने दोस्रो स्थानमा रहेको छ । 

गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१.२६ प्रतिशतले बृद्धि भएको देखिन्छ भने कर्जा विस्तार २८.५१ प्रतिशतले बृद्घि भएको देखिन्छ ।

२७ बाणिज्य बैंकहरूमध्ये १६ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने १० वटा बाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ । 

बाणिज्य बैंकहरूको औसत निक्षेप बृद्धिदर १०.३७ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै बाणिज्य बैंकहरूको कर्जा विस्तारमा बृद्धि भएको छ । औसतमा बाणिज्य बैंकहरूको कर्जा विस्तार १६ प्रतिशतको बृद्धि भएको देखिन्छ । 

Read More
  • EBL Ad news