नेपाल बैंकको मोबाइल बैंकिङ् एप प्रयोग गर्दा एक तोला सुन उपहार


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको मोबाइल बैंकिङ् एप प्रयोग गर्दा एक तोला सुन उपहार

काठमाडौं । बैंक नेपाल बैंक लिमिटेडको वीरगन्ज स्थित आदर्शनगर शाखाका ग्राहक राजु कुमार केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम “क्यूआर को गुन, एक तोला सुन” अन्तरगत एक तोला सुन उपहार गरेका छन ।

 बैंकको आदर्शनगर शाखामा २७ गते बिहिबार आयोजित  उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख  शिवराम मिश्रले एक तोला सुन उपहार विजेता केसीलाई हस्तान्तरण गरेका छन । सो हस्तान्तरण कार्यक्रममा बैंकका सिटी अफिस वीरगञ्ज शाखाका शाखा प्रवन्धक होमनाथ दाहाल, आदर्शनगर शाखाका शाखा प्रवन्धक रामबाबु कुमार लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा उपहार विजेता केसीले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विभिन्न कारोबार गर्दा उपहार स्वरुप सुन पाउँदा आफुलाई धेरै खुशी लागेको तथा आफ्ना साथीभाई, नातागोता र छरछिमेकीलाई समेत नेपाल बैंक लिमिटेडको मोबाइल एप प्रयोग गर्न सुझाब दिने कुरा व्यक्त गरेका थिए ।

Read More
  • EBL Ad news