६ निर्जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, सबैभन्दा बढी नेको इन्स्योरेन्सको


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
६ निर्जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, सबैभन्दा बढी नेको इन्स्योरेन्सको

माघ २४, काठमाडौं । हालसम्म ६ ओटा निर्जीवन बीमा कम्पनीले आव २०७७/७८ को  मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । 

लाभांश घोषणा गरेका ६ ओटा कम्पनीमध्ये प्रिमियर इन्स्योरेन्सले लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हो । 

बाँकी ५ ओटा कम्पनीले भने साधारण सभा बोलाएका छैनन् । यी ६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीले कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

Read More
  • MBL