निफ्राको शेयरमा लगानीकर्ताको आकर्षण, सर्वाधिक शेयर खरीद माग


  • KBL News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
निफ्राको शेयरमा लगानीकर्ताको आकर्षण, सर्वाधिक शेयर खरीद माग

माघ २४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सवा २ घण्टाको अवधिमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को शेयरमा लगानीकर्ताको आकर्षण रहेको पाइएको छ ।

उक्त अवधिसम्ममा कारोबारमा आएका  २२० ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीद माग रहेको छ । सो अवधिमा कम्पनीको ९ लाख ७८ हजार ३५८ कित्ता शेयर खरीद माग रहेको छ ।
 

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३९९ दशमलव ५० मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो । शेयरमूल्यमा वृद्धि भएसँगै कम्पनीको सर्वाधिक रू. २० करोड २० लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad