कुमारी इक्विटी फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग


  • Sunrise Bank Limited (SRBL)
  • KSBBL
Aarthik Abhiyan

माघ २३, काठमाडौं । साताको पहिलो कारोवार दिन आइतवार बजार खुलेको पौने तीन घण्टा अवधिमा पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।


कारोबारमा आएका २२१ ओटा धितोपत्रमध्ये कुमारी इक्विटी फण्डसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । उक्त अवधिसम्ममा कुमारी इक्विटी फण्ड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी,अपि पावर कम्पनी,सनराइज फर्स्ट  म्युचुअल फण्ड र सिद्धार्थ इक्विटी फण्डको इकाईमा उच्च खरीद माग रहेको छ । 

ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी कुमारी इक्विटी फण्डको ३ लाख ४६ हजार ८२० इकाई खरीद माग रहेको छ ।

त्यसैगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको ३ लाख २८ हजार ४२७ कित्ता,अपि पावर कम्पनीको २ लाख ९५ हजार २८२ कित्ता,सनराइज फर्स्ट  म्युचुअल फण्डको २ लाख २२ हजार ९०० इकाई र सिद्धार्थ इक्विटी फण्डको १ लाख ९१ हजार इकाई खरीद माग रहेको छ ।

Read More
  • MBL