फरवार्ड लघुवित्तसहित ३ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट, कुन - कुन कम्पनीको बढ्यो ?


  • KBL Ad
फरवार्ड लघुवित्तसहित ३ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट, कुन - कुन कम्पनीको  बढ्यो ?

माघ १७, काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १४ दशमलव ४८ अंक घटेर २ हजार ८७१ दशमलव शून्य ५ विन्दुमा बन्द भएको छ ।

यस दिन कारोबारमा आएका २२५ ओटा धितोपत्र मध्ये तीन ओटा धितोपत्रको मूल्यमा सर्किट लागेको छ । फरवार्ड लघुवित्त वित्तीय संस्था,विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो ।

ती तीन ओटा कम्पनीमध्ये बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र बाँकी दुई  ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । फरवार्ड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ३८७ पुगेको छ । 

Read More
  • EBL