साधना लघुवित्तद्वारा व्यवसाय प्रवद्र्धन तथा नेतृत्व विकास तालिम सम्पन्न


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
साधना लघुवित्तद्वारा व्यवसाय प्रवद्र्धन तथा नेतृत्व विकास तालिम सम्पन्न

साधना लघुवित्त वित्तीय संस्था लि.ले शाखा प्रमुख र अनुगमन अधिकृतहरुलाई व्यवसाय प्रवद्र्धन तथा नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । माघ ७ र ८ गते सौराहास्थित होटल मोनालिसा सौराहा चितवनमा कार्यक्रम संचालन गरिएको थियो ।

तालिम कार्यक्रमको औपचारिक उद्घाटन वित्तीय संस्थाको संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाले पानसमा दिप प्रजवलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । सहभागीहरुलाई स्वागत मन्तव्य तथा कार्यक्रमको उदेश्यको बारेमा संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले प्रकाश पारेका थिए ।

कार्यक्रममा नेतृत्व विकास विकास तथा अन्य विषयहरुमा नेपाल जेसिस चितवनका पुर्व उपाध्यक्ष शिव प्रसाद भुषालले सहभागीहरुलाई प्रशिक्षण गरेका थिए । तालिमको समापन कार्यक्रममा चालु वर्ष २०७८।०७९ को अर्ध वार्षिक पौष मसान्तसम्ममा उत्कृष्ट प्रगती हासिल गरेका शाखा प्रमुख र अनुगमन अधिकृतहरुलाई प्रमाण–पत्र सहित सम्मान गरिएको थियो ।

Read More
  • MBL