लुम्बिनी विकास बैंकको थप दुई नयाँ शाखा सञ्चालनमा, शाखा संख्या ७९ पुग्यो



Artha Dabali

काठमाडौँ / लुम्बिनी विकास बैंक लिमिटेडले माघ ३ गते सोमबारदेखि थप दुई शाखाहरू सञ्चालनमा ल्याएको । 

देशका बिभिन्न ठाउँमा रहेका ग्राहकहरूलाई बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

नयाँ शुभारम्भ भएका शाखाहरूमा ७८ औँ शाखाको रुपमा दाङ्ग जिल्ला, तुल्सीपुर उप–महानगरपालिका वडा नं. ०५ “ख” लाइन स्थित तुल्सीपुर शाखा र ७९ औँ शाखाको रूपमा रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ०४ ट्राफिक चोक स्थित ट्राफिक चोक शाखा रहेका छन् । 

दुईवटा नयाँ शाखाहरुको बिस्तार संगै हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत २०७८ पौष मसान्त सम्ममा बैंकले रु ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि रु ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।  

Read More
  • Sunrise Bank