सहारा क्लबलाई लुम्बिनी बिकास बैंकको आर्थिक सहयोग


  • KSBBL
  • Shine Resunga Development Bank Limited (SHINE)
Financial Notices

लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सहारा क्लब पोखराद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई आर्थिक सहयोग स्वरुप २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ । 
बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरु लाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोले सञ्चालक सिग्देलले क्लबको प्रशंशा गर्नुभयो ।


लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । कार्यक्रममा बैंकका न्यूरोड शाखाका प्रवन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारी, क्लबका निवर्तमान अध्यक्ष केशव वहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकाली लगायतको उपस्थिती रहेको थियो ।  
एकेडेमीमा हाल १५ जिल्लाका २४ कठिन एवं विपन्न परिस्थतिका बालक छन् । सहारा क्लब पोखराले उनीहरुको लालन पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ । 


हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत २०७८ पौष मसान्त सम्ममा बैंकले रु ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि रु ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।  
यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ८० हजार ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा साप्ताहिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
 

Read More
  • Prabhu Bank
  • Citizens Bank Ad
  • Laxmi Bank