डब्लूटीओमा आवद्ध भएपछि झन् खस्कियो निर्यात व्यापार



Nepal Artha

आयात ८ गुणाले बढ्दा निर्यात डेढ गुणामात्रै

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनेपछि नेपालको वैदेशिक व्यापारमा निर्यात खस्किएको पाइएको छ । २० वर्षमा निर्यात डेढ गुणामात्रले बढ्दा आयात भने ८ गुणाले बढेको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा घट्दै गएको तथ्य निर्यात– आयात अनुपातले पुष्टि गर्दछ ।

सन् १९९० को दशकमा नेपालको निर्यात–आयात अनुपात १ः२.३ थियो अर्थात् निर्याभन्दा २.३ गुणामात्र आयात हुन्थ्यो जुन अहिले १ः१२.२ पुगेको छ । त्यतिबेला नेपालले विदेशबाट २०३ रुपैयाँको आयात गर्दा १०० रुपैयाँको निर्यात गथ्र्यो ।

तर, २००४ डब्लूटीको सदस्य वैदेशिक व्यापारमा आयातको हिस्सा अनिन्त्रित तबरले बढेको छ । विश्व व्यापार संगठनको सदस्य राष्ट्र बनेसँगै अन्य मुलुकबाट आयात गर्न सजिलो भएपछि तथा आयातीत वस्तु सस्तो बनेपछि वैदेशिक व्यापारको डरलाग्दो तथ्य अगाडि आएको हो ।

Read More
  • Sunrise Bank