काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर खरिद चाप बुधवार उच्च रहेको छ । कारोबारको सवा एक घण्टाको अवधिसम्म कम्पनीको २१६ ओटा अर्डरबाट ४ लाख ६६ हजार ४४३ कित्ता शेयर खरिद आदेश रहेको हो ।
यस अवधिसम्म निफ्राको शेयर विक्री कर्ता भने देखिएका छैनन् । उच्च खरिद चापका कारण कम्पनीको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ३३ दशमलव ९० रुपैयाँले बढेर अन्तिम मूल्य ३७२ दशमलव ९० रुपैयाँ कायम भएको छ ।
निफ्रासँगै चार कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढ्यो
बुधवार निफ्रासँगै चार कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । कारोबारको सवा एक घण्टाको अवधिमा निफ्रासँगै कर्पोरेट डेभलपमेण्ट बैंक, मध्यभोटेकाशी जलविद्युत कमपनी र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य पनि सर्किट लेभलमा बढेको हो ।








