नेपाल एसबिआई बैंकको साधारण सभा मंगलवार हुँदै


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल एसबिआई बैंकको साधारण सभा मंगलवार हुँदै

पुस १९, काठमाडौं । नेपाल एसबिआई बैंकको २८ औं वार्षिक साधारण सभा मंगलवार पुस २० गते हुने भएको छ । 

कम्पनीले सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।

सभाले ३ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ८१ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

Read More
  • MBL