नेपाल बैंकको ६२ औं वार्षिक साधारण सभाबाट १७ प्रतिशत लाभांश पारित


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल बैंकको ६२ औं वार्षिक साधारण सभाबाट १७ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भर्चुअल मार्फत आयोजना गरिएको यस बैंकको ६२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  

सभाले हालको चुक्ता पूँजी १२,६३,६७,५८,६२४ रुपैयाँको ३ प्रतिशतका दरले हुन आउने ३७,९१,०२,७५८÷७२ रुपैयाँ नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १४ (चौध) प्रतिशतका दरले हुन आउने १,७६,९१,४६,२०७÷३६ रुपैयाँ रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । 

साथै, बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी .१४,४०,५९,०४,८३१÷३० रुपैयाँ कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।  

Read More
  • MBL