काठमाडौँ / नेपाल बैंक लिमिटेडले काठमाडौँको बसुन्धरा स्थित साउथ वेस्टर्न स्टेट कलेजमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल बैंक लिमिटेड, काठमाडौँ बैंकिङ्ग अफिस र साउथ वेस्र्टन स्टेट कलेजको सहकार्यमा मंसिर २९ गते विद्यार्थीहरूलाई डिजिटल बैकिङ्ग सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्गका प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
साउथवेस्र्टन स्टेट कलेजका प्रिन्सिपल डा. राजेन्द्र के.सी.को सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक तथा नेपाल बैंकका ब्राण्ड एम्बाीठ। महावीर पुनको सहभागिता रहेको थियो ।
त्यसैगरी बिशेष अतिथिको रूपमा नेपाल बैंकका प्रमुख प्रशासकिय अधिकृत तथा प्रवक्ता प्रकाशकुमार अधिकारी, नेपाल बैंक काठमाडौँ बैंकिङ्ग अफिसका प्रमुख सुन्दर पन्थी, नेपाल बैंक मार्केटिङ्ग तथा रिर्सच डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, युवा उद्यमी सोना अमात्य, नायिका तथा मोडेल पुजा पन्त लगायतको उपस्थिति रहेको थियो ।








