नेपाल बैंक लिमिटेड, पाल्पा शाखाले त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पामा स्नातक तहका २०३ जना विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई डिजिटल प्रविधिसँग परिचित गराई बचत गर्न प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड अपरेसन विभागका प्रमुख सुशिल नेपालले विद्यार्थीहरुलाई सुरुदेखि नै वित्तीय रुपमा जोड्दै जाँदा समग्र देशको पूँजी निर्माणमा दीर्घकालीन रुपमा सकरात्मक प्रभाव पर्ने बताए ।
रमेश पौडेलको स्वागत मन्तब्य र अमृता अर्यालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रबन्धक शिव सुन्दर पोखरेल र शाखा प्रबन्धक सुरज घिमिरेले वित्तीय साक्षरता र डिजिटल बैंकिगबारे प्रकाश पारेका थिए । निमित्त क्याम्पस प्रमुख कृष्ण बहादुर कार्कीको सभापतित्वमा सञ्चालन भएको सो कार्यक्रममा सहायक क्याम्पस प्रमुख सन्तोष खनाल र प्राध्यापक राजेश्वर उदयले नेपाल बैंक र त्रिभुवन क्याम्पसबीच पुरानो सम्बन्ध रहेको र बैंकले गर्ने यस किसिमका कार्यक्रमहरुबाट क्याम्पसका विद्यार्थीहरुले वित्तीय रुपमा साक्षर हुने मौका प्राप्त हुने विश्वास व्यक्त गरे ।








