आजसम्म कायम सेयरधनीले मात्र नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद पाउने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आजसम्म कायम सेयरधनीले मात्र नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद पाउने

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि भोलि मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेकोले आज मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

बैंकले पुस ७ गतेबाट १ बराबर १ को अनुपातमा  कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । पुस ७ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । 

Read More
  • MBL - below news