सिटिजन्स बैंकद्वारा ८ लाख भन्दा बढी नगद हस्तान्तरण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकद्वारा ८ लाख भन्दा बढी नगद हस्तान्तरण

सिटिजन्स बैंकले बीमा भुक्तानी दावी वापत  ८ लाख भन्दा बढी नगद हस्तान्तरण गरेको छ । बैंकले लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निज मृतकका श्रीमान् जब्बर अली तेली लाई रु. ३,६५,७७४.६० तथा अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निज मृतकका छोरा रामचन्द्र कोरी लाई रु. ४,५४,१२२.५८ नगद हस्तान्तरण गरेको हो ।

उक्त रकम सिटिजन्स बैंकका  प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मंसिर २१ गते हस्तान्तरण गरेका हुन्। लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन विमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्च सहित बैंकले विमा कम्पनीमा रकम दावी गरि सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।

Read More
  • MBL - below news