नेपाल बैंकको शेयरमूल्य समायोजनपछि पनि २ दशमलव ७९ प्रतिशतले घट्यो


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल बैंकको शेयरमूल्य समायोजनपछि पनि २ दशमलव ७९ प्रतिशतले घट्यो

काठमाडौं । मंगलवार समायोजनपछि पनि नेपाल बैंक लिमिटेडको शेयरमूल्य २ दशमलव ७९ प्रतिशत घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकले प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको सोमवार कायम अन्तिम मूल्य ४३१ दशमलव ७० रुपैयाँको आधारमा नेप्सेले बोनस शेयरपछिको मूल्य ३७८ दशमलव ६८ रुपैयाँ तोकेको थियो ।

समायोजन पछि पनि बैंकको शेयरमूल्य प्रतिकित्ता १० दशमलव ५८ रुपैयाँले घटेर अन्तिम मूल्य ३६८ दशमलव १० रुपैयाँ कायम भएको हो । समायोजन पछि ३७८ रुपैयाँमा खुलेको बैंकको शेयरमूल्य न्यूनतम ३६७ रुपैयाँदेखि अधिकतम ३८० रुपैयाँसम्म पुगेको थियो । मूल्य समायोजन भएको दिन बैंकको ५ करोड ६४ लाख ६३ हजार रुपैयाँ बराबरको १ लाख ५१ हजार ३०० कित्ता शेयर कारोबार भएको छ ।  

Read More
  • MBL