सपोर्ट लघुवित्तले दियो आफ्ना सबै कर्मचारीहरुलाई तालिम


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सपोर्ट लघुवित्तले दियो आफ्ना सबै कर्मचारीहरुलाई तालिम

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा व्यवस्थापन तथा लघुवित्त व्यवस्थापन तालिम सहित आर्थिक वर्ष २०७८/०८९ को प्रथम चौमासिक समिक्षा बैठक सम्पन्न गरेको छ । संस्थाले कर्मचारीहरुको पद अनुसार श्रेणिकरण गरी आवश्यक विषयबस्तुहरुमा तिन लट गरी संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई शाखा व्यवस्थापन र लघुवित्त व्यवस्थापन तालिम दिएको छ ।

वित्तीय संस्थाले शाखा प्रमुखहरुको ३ दिने शाखा व्यवस्थापन तालिम तथा प्रथम चौमासिक समिक्षा गोष्ठी मिति २०७८ मंसिर २, ३ र ४ गते धनकुटा जिल्ला स्थित भेडेटार स्थित म्याजेस्टिक होटलमा सम्पन्न गरेको छ । तालिममा श्रवण कुमार सपोर्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेललाई मुख्य प्रशिक्षकका रुपमा आमन्त्रित गरिएको र यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलमणी तिम्सीना, विभिन्न विभागका विभागिय प्रमुख तथा विभागका कर्मचारीहरु बिष्णुकान्त चौधरी, संजय कुमार चौधरी, डिल्लीराम पोखरेल,  सोकेन्द्र कुमार राय र श्री राजेन्द्र पहाडीले शाखा प्रमुखहरुलाई विभिन्न विषयहरुमा प्रशिक्षण गर्नुका साथै सुझावहरु दिएका थिए । 

Read More
  • MBL