नेपाल बैंकले राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरूलाई बिना धितो १५ लाखसम्म कर्जा दिने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकले राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरूलाई बिना धितो १५ लाखसम्म कर्जा दिने

काठमाडौँ / नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरूलाई बिना धितो रु. १५ लाखसम्मको कर्जा उपलब्ध गराउन भएको छ । 

बैंक र संस्थानबीच कर्मचारीहरूलाई बिना धितो रु. १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता भएसँग कर्मचारीहरूले कर्जा पाउने भएका हुन् । 

यो सम्झौताअनुसार लिमिटेडलेसंस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरूलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने छ । 

मंसिर १५ गते बुधबार नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा सो सम्झौता भएको बैंकले जनाएको छ । 

Read More
  • EBL Ad news