कनेक्ट आईपीएसबाट कारोबार गर्दा कति कारोबारको कति शुल्क लाग्छ ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कनेक्ट आईपीएसबाट कारोबार गर्दा कति कारोबारको कति शुल्क लाग्छ ?

नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ। नयाँ कारोबार शुल्क अनुरुप बैंक/वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले अब कारोबार रकम बमोजिम २ रुपैयाँदेखि ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन्।

रु.५०० सम्मको भुक्तानीमा प्रति कारोबार शुल्क रु.२, रु.५०० भन्दा माथि रु.५,००० सम्म प्रति कारोबार शुल्क रु.४ र रु.५,००० भन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क रु. ८ लागू हुने भएको छ। यसले ग्राहकहरुलाई एनसीएचएलका कनेक्ट आईपीएस वेब/मोबाइल एप, बैंक/वित्तिय संस्थाका मोबाइल/इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड/विड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ। कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क रु २ देखि ५ कायम रहेको छ।f

Read More
  • MBL