बैंक अफ काठमाण्डुको ग्राहकलाई बीमा दाबी रकम भुक्तानी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
बैंक अफ काठमाण्डुको ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्त्तता वापत ५ लाख रुपैयाँको बीमा दाबी रकम हस्तान्तरण गरेकोे छ ।

उक्त खातावाहक श्री खत्रीज्यूको दुर्घटनामा परी पूर्ण रुपमा अशक्त्तता भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनि श्री सिद्धार्थ इन्सुरेन्स कम्पनि लिमिटेडसंग समन्वय गरी रकम हस्तान्तरण गरेको हो । बैंकको लुम्बिनी प्रदेशको नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक गोपाल खत्रीलाई हस्तान्तरण गरे । 

Read More
  • MBL