सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्ग मार्फत सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुविधाको सुरुवात गरेको छ । बैङ्कले आफ्ना बैंकिङ्ग सेवाहरू मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्तरोन्नति गरे पश्चात् यो सेवाको सुरुवात गरेको हो ।
यो सेवा प्रारम्भ भयसँगै प्राथमिक शेयर निष्कासनको समयमा आवश्यक सीआरएन नम्बर याद गरिरहन पर्ने झन्झटबाट ग्राहकहरू मुक्त हुने विश्वास बैङ्कले गरेको छ । हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नति गर्दै बैङ्कले सिटिजन्स बैंकमा खाता भएका एवं नभएका ग्राहकहरूलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न इ भौचर प्रयोग गर्ने लगायतका सुविधा समेत थप गरेको जनाएको छ ।








