मंसिर ८, काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्व विद्यालय(त्रिविवि) बीच विश्व विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विनाधितो १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडले त्रिविविको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आम्दानीको आधारमा विनाधितो सुलभ ब्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ ।
बुधवार आयोजित एक समारोहमा त्रिविविका उपकुलपति प्राडा धर्मकान्त वास्तोला र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको उपस्थितिमा त्रिविविका आर्थिक महाशाखा प्रमुख कुमार प्रसाद हुमागाई र बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।








