सिटिजन्स बैंकद्वारा दाङकाे बंगलाचुलीमा शाखारहित बैंकिङ सेवा सुरू


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकद्वारा दाङकाे बंगलाचुलीमा शाखारहित बैंकिङ सेवा सुरू

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा दाङको मुर्कुटीमा सुरू भएको छ। बैंकले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा मंसिर ०३ गतेबाट ८६ ओैं शाखारहित बैंकिङ सेवा सुरू गरेको हो।

उक्त शाखारहित बैंकिङ सेवाका लागि बैंकले स्थानीय व्यवसायी होतिदेवी वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ।

बैंकले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ११३ वटा शाखारहित बैंकिङ इकाईहरुबाट सेवा दिँदै आएको छ।

Read More
  • MBL - below news