सिटिजन्स बैंकले कमलादीमा शाखा विस्तार गरेको छ। यसअघि बैंकको प्रधान कार्यालयमा रहेको प्रिभिलेज काउन्टरबाट ग्राहकलाई सेवा दिँदै आइरहेको थियो।
छिटोछरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले कमलादीमा पनि विशेष बैंकिङ सेवा सुरु गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।







