नेपाल बैंक लिमिटेडले ८५ औं वार्षिक उत्सव अवसर पारेर कार्तिक २६ गते भूगोलपार्कस्थित केन्दीय कार्यालय परिसरमा
रक्तदान कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा १०४ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा बैंकका नायब प्रमुख अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी
लगायत बैंकका कर्मचारीहरु तथा बिभिन्न ग्राहकहरुले रक्तदान गरे।
बैंक तथा लायन्स क्लब अफ काठमाडौं बैंकरको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भयो।








