टीकापुर । टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृत दमनसिंह चौधरी र नेपाल बैंक लिमिटेड टीकापुर शाखाका प्रबन्धक नरेन्द्रकुमार मिश्रले सहुलियतपुर्ण सेवाग्राही कर्जा सम्बन्धि सम्झौता पत्रमा कार्तिक ११ गते विहीबार हस्ताक्षर गरेका छन । हस्ताक्षर कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावल र नेपाल बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख जनकप्रसाद सुवेदी उपस्थित थिए ।
अव टीकापुर नगरपालिका स्थायी कर्मचारीले ऋण लिन चाहेमा बैंकमा निवेदन दिएमा नगरपालिकाको सिफारिसमा आवश्यक कागजात सहित कर्मचारीको तलब भत्तालाई आधार मानेर १५ लाख सम्म विना धितो कर्जा प्रदान गरिने बैंकका शाखा प्रबन्धक मिश्रले जानकारी गराए ।
सम्झौता पत्रमा हस्ताक्षर टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृत दमनसिंह चौधरीले तल्लो तहका कर्मचारीको ‘भोकै पनि नर्मे पेटभरी पनि नपुग्ने’ अवस्था भएकोले यस्तो कर्जाले कर्मचारीलाई छोराछोरी पढाउन, जग्गा किन्न, घर बनाउन लागायतका काममा सहयोग पुग्ने आपेक्षा गरेका छन ।








