कात्तिक १०, काठमाडौं । बुधवार बजार खुलेको सवाँ एक घण्टाको अवधिमा कारोबारमा आएका २१४ ओटा धितोपत्रमध्ये वेष्ट फाइनान्सको सर्वाधिक धितोपत्र कारोबार भएको छ ।
सो अवधिमा कम्पनीको रू. ११ करोड ११ लाख ४४ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समचार तयार पर्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५८० मा कारोबार भइरहेको छ ।
कम्पनीको शेयरमूल्य आइतवारदेखि मंगलवारसम्म पोजेटिभ सर्किट लागेको थियो । सोही कारण आइतवार किनेका लगानीकर्ताले बुधवार शेयर विक्री गरेकाले पनि सर्वाधिक शेयर कारोबार भएको देखिन्छ ।








