भारतमा हत्या गरी फरार, नेपालमा बैंक लुटपाट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतमा हत्या गरी फरार, नेपालमा बैंक लुटपाट

२ कात्तिक, विराटनगर । भारतमा साथीको हत्या अभियोगपछि फरार रहेका व्यक्ति मोरङको धनपालथान गाउँपालिका– ४ स्थीत सिटिजन्स बैंक शाखा लुटपाटमा संलग्न भएको पाइएको छ ।

असोज २५ गते कर्सिया स्थीत सिटिजन्स बैंकको शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटपाट भएको थियो । लुटपाटमा संलग्न ८ मध्ये तीन जनालाई प्रहरीले सोही दिन भारत तर्फ भाग्दै गर्दा सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये एक बिजय सहनी(बहरदार)माथि भारतमा साथीको हत्या गरेको आरोप छ । सीमावर्ती क्षेत्रबाट प्रहरीले बहरदारसँगै बिराटनगरका ३२ वर्षीय श्याम मुखिया र अररियाका सुनिल यादवलाई पक्राउ गरेको थियो ।

विराटनगरका मुखिया लुटपाट प्रकरणका मुख्य योजनाकार हुन् । पक्राउ परेका बहरदार घाइते अवस्थामा थिए । लुटपाटका क्रममा साथीले चलाएको गोली उनको बाया खुट्टामा लागेको थियो ।

लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले अर्का भारतीय नागरिक रोशन यादवलाई पनि पक्राउ गरेको छ । सोमबार हतियारसहित पक्राउ परेका यादवमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जिसीले बताए ।

भारतमा हत्या नेपालमा बास

प्रहरीका अनुसार मोरङको कटहरीमा बस्दै आएका बिजय (सहनी) बहरदारमाथि एक वर्षअघि भारत अररीया जिल्ला गडुरापुर नरपथगञ्ज थाना नजिकै बस्ने २५ वर्षीय शिवशंकर कुमार (सिन्टु)को गोली हानी हत्या गरेको आरोप छ । २०७७ जेठ १४ गते बुधबार राति घर नजिकै सिन्टुको गोली हानी हत्या भएको थियो ।

Read More
  • MBL - below news