सिटिजन्स बैंक लुट्ने तीन व्यक्ति सार्वजनिक, पेस्तोल भेटियो तर पैसा ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंक लुट्ने तीन व्यक्ति सार्वजनिक, पेस्तोल भेटियो तर पैसा ?

मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया विपी चोकस्थित सिटिजन बैंकमा यही असोज २५ गते अपराह्न ३ः४५ बजे रु २१ लाख ७० हजार  लुटपाट घटनामा संलग्न भई पक्राउ परेका तीन जनालाई आज यहाँ प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाका मुख्य योजनाकार नेपाली नागरिक विराटनगर–८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया गाराहा–४ का ३० वर्षीय विजय सहनी ९गोली लागी घाइते०लाई सार्वजनिक गरिएको छ ।

लुटपाटपछि घाइते सहनीलाई को २५ प ३८९९ को मोटरसाइकलको बीचमा राखी भारततर्फ भाग्ने क्रममा मोरङको धनपालथान–२ खयरबना चोकबाट स्थानीयवासीको सहयोगमा प्रहरीले १५ मिनटको अवधिमा तिनीहरूलाई पक्राउ गरेको हो । 

यादव भारत फरार भइसकेको अवस्थामा गोली लागी घाइते भएका सहनीलाई लिन टेम्पोमा आएर पुनः मोटरसाइकलमा जाने क्रममा प्रहरीले पकाउ गरेको हो । उक्त लुटपाटमा  नौ जना सङ्लग्न रहेकामा सात जना बैंकमा प्रवेश गरेका, एक जना बाहिर बसेको र अन्य एक जना नदेखिने पाराले बसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

Read More
  • MBL - below news