नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन्स बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।
कम्पनीको १२.९१३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समयोजनपछि कम्पनीको शेयर मूल्य प्रति शेयर ३५२ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति शेयर ३९८ रुपैयाँ रहेको थियो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले असोज २० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।







