नयाँ सारथी लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन


  • kbl Ad
  • Nabil Ad
  • CITY EXPRESS
नयाँ सारथी लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

असोज १७, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले प्रतिशेयर ११६ रुपैयाँको दरले ३ लाख २९ हजार ६४९ कित्ता शेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा भदौ ९ गते निवेदन दिएको हो ।

कम्पनीले एफपीओ निष्कासनको लागि एनएमबि क्यापिटललाई विक्री प्रबन्धकमा चयन गरेको छ ।

साविक नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त मर्ज भएपछि नयाँ सारथी लघुवित्त बनेको हो । साविक सारथी लघुवित्तले मर्जमा जानु अगाडी आईपीओ निष्कासन नगरेकोले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर संरचना मिलाउन कम्पनीले  एफपीओ निष्कासन गर्न लागेको जानकारी दिएको छ । 

Read More
  • EBL
  • NMB