कुमारी क्यापिटलले नयाँ योजना सार्वजनिक गरेको छ । पूँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राहीखाताको पहुँच बृद्धि हुने बिश्वासका साथ क्यापिटलले निशुल्क डिम्याट योजना ल्याएको छ ।
डिम्याट खाता सम्बन्धि समस्याहरुबाट गुज्रिरहनु भएका खातावालाहरुलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको छ । योजना अनुसार सरकारको “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत निशुल्क हितग्राहीखाता खोल्न सकिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार वेबसाइट मार्फत अनलाइनबाट नै डिम्याट खाता खोल्न आवेदन दिन सकिने छ ।
त्यस्तै क्यापिटलले निशुल्क लगानी परामर्श दिने, खाता खोल्ने ग्राहकवर्गलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा बार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने, आफु सँग भएको पोर्टफोलियो लाई निशुल्क estructuring र Rebalancing सेवा प्रदान गरिने, आफु सँग भएको भौतिक शेयरहरु लाई तुरुन्त डिम्याट खातामा ल्याउने व्यवस्था गरिने लगायतका सेवा प्रदान गरिने क्यापिटलले जनाएको छ । खाता सम्बन्धि समस्याहरु परेमा ग्राहकहरुले हट लाईनमा फोन गरि समस्याको यथासिघ्र निराकरण गर्न सकिने ब्यबस्था गरिएको क्यापिटलले उल्लेख गरेको छ ।