काठमाडौं : सानिमा क्यापिटलको छैंठौं वार्षिक साधारण सभा आज (असोज १५ गते) बस्दैछ । सभा सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौमा दिउसो १ बजेबाट सुरु हुनेछ । सभामा सानिमाले २५% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । यसर्थ, कम्पनीले ६ करोड २५ लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।