७० प्रतिशत हकप्रद शेयर जारी गर्दै नेपाल फाइनान्स, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
७० प्रतिशत हकप्रद शेयर जारी गर्दै नेपाल फाइनान्स, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । 

फाइनान्सले हाल कायम रहेको चुक्ता पूँजीको ४९ करोड ३४ लाख ९६ हजार ३ सय २५ को ७० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । 

फाइनान्स हकप्रद शेयर जारी गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्री दिनेश थकालीेज्यूले हस्ताक्षर गरेका छन् । 


१ कित्ता बराबर ०.७० कित्ता हकप्रद जारी गरेपछि फाइनान्सको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७ सय ५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।  

Read More