मोरङमा औद्योगिक सर्वेक्षण सुरू


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मोरङमा औद्योगिक सर्वेक्षण सुरू

उद्योग संगठन मोरङले औद्योगिक सर्वेक्षण २०७८ सुरू गरेको छ। सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलन गर्ने उद्देश्यले औद्योगिक सर्वेक्षण थालिएको उद्योग संगठन मोरङले जनाएको छ।  

तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरि डाटाबेस तयार गर्ने योजना अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण थालिएको  संगठनका अध्यक्ष सुयश प्याकुरेलले  जानकारी दिए।  उनले एक पटक यस्तो डाटाबेस तयार भएपछि नियमित रुपमा अद्यावधिक गरिने जानकारी दिए। उनले भने‘औद्योगिक सर्वेक्षण पछि नियमित रुपमा तथ्याँक अपडेट गर्दै लगिन्छ।’  

Read More
  • MBL