चालू आवको दुई महिनामा ३ खर्ब रूपैयाँ बढीको सामान आयात


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
चालू आवको दुई महिनामा ३ खर्ब रूपैयाँ बढीको सामान आयात

चालू आर्थिक वर्ष २०७८/०७९ को दुई महिना (साउन–भदौ) मा नेपालले ३ खर्ब रूपैयाँ बढीको सामान आयात गरेको छ। 

साउन र भदौसम्ममा तीन खर्ब १४ अर्ब ५१ करोड मूल्य बराबरको सामग्री आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

गत आव २०७७/०७८ को पहिलो महिनामा एक खर्ब ७८ अर्ब  ८४ करोड रुपैयाँ बराबरको आयात गरिएको थियो।  सो अवधिको तुलनामा चालु आवमा ७५.८६ प्रतिशतले आयात बढेको हो। 

निर्यात भने ११५.४३ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ। गत आवको साउन र भदौमा २० अर्ब ४४ करोड रुपैयाँ बराबरका सामग्री निर्यात गरिएको थियो।  चालु आवको सोही अवधिमा ४४ अर्ब ३ करोड रुपैयाँको सामग्री नेपालले निर्यात गरेको छ। 

Read More
  • MBL